| Dear Frinds |
The Adviser of Himali Loktantrik Ganatantrik Naagarik Manch and Ex Aanchaladish JYONDEN UKYAB expired on May 21, 2009 in the afternoon . May his SOUL rest in ETERNAL PEACE and condolence to his wife and daughter who are in USA and all the family members in Nepal and abroad.
We always admire his leadership and remember fot his advocacy role to establish the rights of Indigennous people of Nepal as well as indigenous commumities of Himalayan regions of Nepal. He was the Samanupatik candidate of CA on behalf of Maoist from Taplejung District. He was born in Olangchung Gola, Taplejung Dist. in 1939. His wife and daughter are arriving in Nepal for the funneral. His Residence Phone 4373211
His Funneral Program Date : May 25, 2009 Monday Time : 6 am Thuti : Teku Dovan
General Secretary HDRCF
|
 |
 |
|
आदिवासी कार्मारोङ
हिमाली आदिवासी कार्मारोङ समुदायले आदिवासीहरुको अनुसुचीमा सुचीकरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । मुगु जिल्लाको उत्तरपुर्वी भागमा उद्गम स्थाल रही १३ वटा गाऊ र ४ गा.बि.स. मा बिभाजित रहेको यो समुदायको जनसङ्ख्या करिब १२ हजार रहेको दावी गर्दछ । |
 |
 |
|
पुर्व ताप्लेजुङदेखि पश्चिम हुम्ला-बाजुरासम्मका हिमाली आदिवासीहरुको मागहरु ।
सम्माननीय राष्ट्रपतिज्यू राष्ट्रपति भवन महारजगञ्ज काठमाण्डौ
बिषयः पुर्व ताप्लेजुङदेखि पश्चिम हुम्ला-बाजुरासम्मका हिमाली आदिवासीहरुको मागहरु । हिमाली आदिवासीहरूको जातिय,भाषिक,सामाजिक, आर्थिक, राजनैतिक र क्षेत्रीय मुक्तीका लागि "हिमाली स्वायत्त प्रदेश" सहितको राज्य पुनर्संरचनाको प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ सविधानमा समावेश गराउन सबै राजनैतिक दलहरुमा आवद्ध भएका हिमाली आदिवासीहरु समावेश भएका हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च गठन भएको व्यहोरा र्सवप्रथम जानकारी गराउन चाहन्छौ । |
 |
 |
|
हिमाली आदिबासीहरु ले चिन्नु पर्ने लेन्डुप् दोर्जे र गे वाङ्दी
विश्वा राजनीतिक आरोह अवरोह र परिवर्तन सँगै नेपालको राजनितिले पनि एउटा नयाँ कोल्टो फेरेको छ। विश्वा अर्थतन्त्रका उदियमान दुई शक्तीसाली राष्ट्र हरु चिन र भारतको बिचमा अबस्थित नेपालको तरल राजनैतीक अवस्थाले अन्तराष्ट्रिय जगतको ध्यान आक्रिष्ट गरेको छ। नयाँ बन्ने संबिधान र राज्य पुनरसंरचनाको सवालमा देश भित्रको राजनैतीक माहोल पनि तात्तिएको छ। बिशेषत बिगतका शासन कालमा निरङ्कुश शासक बर्ग हरु बाट शोषित र उत्पीडित आदिबासिहरु परिवरतित संदर्भमा आफ्न हक अधिकार प्राप्तिका लागि जुट्ने क्रममा छन्। |
 |
 |
|
तामाङ करणमा पारिएका रसुवाका हिमाली आदिवासीहरु
बख्खु लगाउने, स्याब्रु नाच्ने, टुङना बजाउने, डम्फु नबाजाउने र सिन्दुर पोते प्रयोग नगर्ने तामाङ करणमा पारिएका रसुवाका हिमाली आदिवासीहरु । टुङना बजाइ आफ्नो मौलिक सँस्कृति नाच देखाउदै हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च रसुवा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष फुर्पु छिरिङ लामा click garnuhos
|
 |
 |
|
५५ सदस्यीय चयन गर्दे राष्ट्रिय भेला सम्पन्न ।
काठमाणडौ फाल्गुण १०, हिमाली लोकताण्त्रिक गणतान्त्रिक नागरिक मन्च द्वारा आयोजित हिमाली आदीबासिहरुको दोश्रो राष्ट्रिय भेला हालै भब्यताको साथ सम्पन्न भएको छ। पुर्व ताप्लेजुङ देखि पस्चिम दार्चुला सम्म फैलिएको समान भाषा, धर्म, लीपि र साँस्क्रितिको पहिचान बोकेको नेपालको उत्तरी हिमाली भागमा बसोबास गर्ने हिमाली आदीबासिहरुको आफ्नै जातीय स्वायत्त प्रदेश स्थापनाको माग गर्दै सो राष्ट्रिय भेला सम्पन्न भएको हो। नयाँ कार्य समितिमा भु। पु। अध्यक्ष श्री वाङछे शेर्पालाई सर्व सम्मतबाट चयन गरिएको छ भने, पाँच जना उपाध्यक्ष सहित महा-सचिव पदमा श्री आङ काजि शेर्पा ुकिसानु लाई नै सर्व सम्मतबाट चयन गरिएको छ। यसै गरि नयाँ कर्य समितिको बैठक पनि मन्च को केन्द्रिय कार्यलय चक्रपथमा बिभिन्न एजेन्डाहरुमाथि बिस्त्रित छलफल गरि सम्पन्न भएको छ। छलफलमा फ्री तिब्बत सँग सम्बन्ध रहेको र सि। आई। ए। सँग सम्बन्ध रहेको भनि बिबिध पत्र पत्रिकाहरुमा सम्प्रेशन गरेको समाचारलाई खण्डन गर्दै एक चीन नीतिको पक्षमा सधैव यो मन्च रहेको पनि सो बैठकले प्रस्ताव गरेको छ। |
 |
 |
|
सभा मुखको कार्य कक्षमा भेट
हिमाली लोकलान्त्रिक गणतान्त्रिक नागारिक मञ्च र हिमाली युथ फोरम् का सम्युक्त प्रतिनिधी मन्डलले सभा मुख सुबाश चन्द्र नेम्वाङ लाई ०६५ माघ १७ गते का दिन सभा मुखको कार्य कक्षमा भेट गरेको थियो।भेट को क्रममा सम्पूर्ण हिमाली आदि बासीहरुको तर्फ बाट २४ बुँदेमाग सहितको ज्ञापन पत्र बुझाएको थियो। |
 |
 |
|
मुक्तिको जुक्ति संघीय नयां नेपालको निम्ति उठौं ।
मुक्तिको जुक्ति संघीय नयां नेपालको निम्ति उठौं । नोर्भु घले डोल्पो, अध्यक्ष, डोल्पो जनजाति विकासकेन्द्र उठ है उठ, कुम्भकर्णे निन्द्राबाट उठ, उठ्ने बेला भै सक्यो जुरुक्कै उठ । सिंहको बाछो निंद्राबाट विउ"झे झै गरी उठ । जनयुद्ध र जनान्दोलनको भाले वास्यो । शुक्रतारा उदाईसक्यो । पर्ूर्वी गगनको क्षितिज खुलीसक्यो । विहानीको संकेत दिइसक्यो मिरमिरे उज्यालो भैसक्यो उठ्ने बेला...। एकात्मक हिन्दुराज्यमा धर्मनिर्पेक्ष घोषणा भैसक्यो । clickhere |
 |
 |
|
जिल्ला संघर्ष समिति सोलुखुम्बु
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चद्धारा "हिमाली स्वायत्त प्रदेश" सम्बन्धी भित्ते लेखन तथा हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च जिल्ला संघर्ष समिति सोलुखुम्बु २०६५ माघ २५ गते गठन गरियो । समितिमा सोलुखुम्बु जिल्ला साल्लेरी ५, निवासी श्री पेम्बा शेर्पा अध्यक्ष र सोलुखुम्बु जिल्ला बेनी ८, का श्री पि.के. शेर्पा सचिव हुनु भएको छ । उक्त कार्यक्रममा सोलुखुम्बुबासी करिब सयौ जनाको सहभागितामा सम्पन्न भएको थियो । सो कार्यक्रममा हिलोगनाम केनद्रीय समितिका महासचिव आङ काजी शेर्पा किसानतथा उपाध्यक्षा ङमिा तेण्डुप शेर्पाद्धारा प्रशिक्षण गरिएको थियो । ३५ जनाको संघर्ष समिति गठन गरिएको थियो । |
 |
 |
|
कानुनी न्याय तथा संबिधान सभाब्यावस्था मन्त्री देव गुरुङ सँग भेट
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चका प्रतिनिधिले विभिन्न राजनितिक दलका नेता थता विभिन्न मन्त्रीहरु सँग भेटघाटको कार्यक्रमलाई अगाडी बढाएको छ । पूर्वको ताप्लेजुङ देखि पश्चिमको हुम्ला बाजुरा सम्मका हिमाली आदिवासीहरुको हितलाई हिमाली स्वायत्त प्रदेशको माग राखी विभिन्न गतिविधिहरु अगाडी बर्ढाई रहेको र मञ्चले आफ्नो सम्पूर्ण माग र २४ बुँदे घोषणा पत्र सहित हिमाली स्वायत्त प्रदेश प्राप्तिको पर्यप्त आधारहरु र हिमाली स्वायत्त प्रदेश विनाको संघिय राज्य पुनसंरचनाको कुनै औचित्य नहुने बिचार सहित मञ्चका अध्यक्ष वाङछे शेर्पाको नेतृत्वमा गएको टोलीले कानुनी न्याय तथा संबिधानसभा व्यावस्था मन्त्री क. देव गुरुङ सँग मिति २०६५ माघ १२ गतेका दिन सिंहदरवारमा भेटघाट गर्नु भएको छ । |
 |
 |
|
हिमालीहरुको महान चाड ग्याल्वो ल्होसार
काठमाणडौ फालगुण १४, राजधानीको टुँडिखेलमा हिमाली आदीबासीहरुको सामुहिक ग्यल्पो लोसार पर्वको एक भब्य समरोहको बिच उद्घाटन भएको छ। हिमाली लोकताणत्रिक गणतान्त्रिक नागरिक मन्चद्वारा आयोजित सो समारोहका प्रमुख अतिथि संविधान सभाका सभामुख सुवास चन्द्र नेम्वाङ हुनुहुन्थ्यो भने अन्य दर्जनौ अतिथिहरुको आतिथ्य रहेको थियो। मंचका अध्यक्ष श्री वङछे शेर्पाको सभापतित्वमा शुरु भएको सो कार्यक्रममा मन्चका उपाध्यक्ष श्री नोर्भु घले डोल्पोले स्वागत मन्त्ब्य दिएका थिए भने प्रमुख अतिथिका आसनबाट सभामुख सुवास चन्द्र नेम्वाङद्वारा सवै जनताहरुको राय सुझाव र चाहाना बमोजिम नै संविधान बन्ने कुरा राख्नु भएको थियो। यसै गरि अतिथिको आसन बाट बोल्नु हँदै ने। का। बाट सभासद श्री भिष्मा राज आङदेम्बेले बिगतमा बन्द कोठा भित्र बनेका संविधानले समग्र जनताको चहानालाई नसमेटेकोले अव बन्ने नाँयाँ संम्बिधानमा सवैलाई समेट्नु पर्ने बताए। तीन दिन सम्मा हुने सो लोसार समरोहमा हजारौ हिमाली आदिबासीहरुको उपास्थिति रहेको थियो। |
 |
 |